Koiliko kuhu kuhu christians song lyric
Lyric.
कोइलीको कुहुकुहु
वनै थर्काउने,
येशूको माया कस्तो
मनै लोभ्याउने ।
कोइलीको कुहुकुहु।।।
स्वर्गलाई छोडी मानव बनि
आउनुभयो पापी संसारमा,
तिमी मलाई बचाउनलाई
क्रुसमा भए बलिदान ।
हो।।।हो।।।कोइलीको कुहुकुहु।।।
बाटो सत्य, जीवन बनेर आए
लैजान तिमी मलाई स्वर्ग राज्यमा,
विश्वास गरे पाउँछ जान
अनन्तको त्यो घरैमा ।
हो।।।हो।।।कोइलीको कुहुकुहु।।।
Song: Koiliko Kuhu kuhu Christian Song
Lyrics/Compose: Father Rajesh Rai
Vocal: Father Rajesh Rai
Arranger: Hem Subba
Video: Suman Java